कठमाडौं १८साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।
पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।
खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।
‘उनको नाममा रहेको करिब ७ आना जग्गा फिर्ता गर्छौं भनेपछि छाडिएको हो,’ प्रवक्ता आचार्यले भने।
दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्।
प्रतिक्रिया दिनुहोस्