ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुईजना गिरफ्तार


ABC NEWS
१९ श्रावण २०८०, शुक्रबार   ९ : ५२   बजे

काठमाडौं १९ साउन (एजेन्सी) : संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा अमेरिकाको क्यालिफोर्नियाबाट दुई अमेरिकी नौसेना नाविकलाई पक्राउ गरिएको छ।

बीबीसीका अनुसार २२ वर्षीय अमेरिकी नागरिक जिनचाओ वेई र २६ वर्षीय वेनहेङ चाओलाई गिरफ्तार गरिएको हो।

वेईलाई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप लागेको छ भने चाओलाई संवेदनशील फोटो र भिडिओका लागि पैसा लिएको आरोप लगाइएको छ।

दुवै एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट भइसकेको छैन। दुवै जनालाई बुधबार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको हो।

वेई यूएसएस एसेक्समा काम गर्थे र उनी जहाजबारे संवेदनशील जानकारीको पहुँचमा थिए। सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए।

चिनियाँ एजेन्टले जहाजको फोटो, भिडिओ र ब्लुप्रिन्टका लागि वेईलाई हजारौं डलर तिरेको आरोप छ।

तर चीनले भने यस विषयका कुनै पनि जानकारीलाई अस्वीकार गरेको छ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग संलग्न जासुसीका मुद्दालाई बढाइचढाइ गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu