ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि सेवा केन्द्र स्थानीय तहमा


एबीसी न्यूज
२३ माघ २०७४, मंगलबार   ११ : ५८   बजे

नुवाकोट, २३ माघ। जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ ।

छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । केन्द्रमा रहेका कर्मचारी गत भदौदेखि नै स्थानीय तहमार्फत हाजिरी प्रमाणीकरण गर्दै आएकामा औपचारिक रुपमा कर्मचारीसहित भौतिक संरचना (भवन), कार्यालयका कागजात, उपकरण, फर्निचरलगायत सामग्री स्थानीय तहअन्तर्गत नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाका विदुर नगरपालिकाको देवीघाट, लिखु गाउँपालिकाको चौघडा, शिवपुरीको थानापति, मेघाङको देउराली, ककनीको रानीपौवा र तादीको खरानीटारमा सेवा केन्द्र सञ्चालनमा छन् ।
सेवाकेन्द्रबाट प्रवाह हुने कार्यक्रम यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् । डा गैरेका अनुसार सेवा केन्द्रको हस्तान्तरणसँगै जिल्ला कृषि विकास कार्यालय पनि हस्तान्तरणका लागि लगत संकलन शुरु भएको छ ।
विद्युतीय हाजिर कापी

नेपाली युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले यहाँको एक विद्यालयलाई विद्युतीय हाजिरी उपकरण उपलब्ध गराएका छन् ।
आफूले प्रथामिक तहसम्मको शिक्षा प्राप्त गरेको बेलकोटगढी नगरपालिका–१२ देउरालीस्थित चण्डादेवी माविलाई उनीहरुले विद्युतीय हाजिरी उपकरण निःशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज सेढाईंले बताउनुभयो ।
विद्युतीय हाजिरी उपकरणले शिक्षकलाई विद्यालयमा समयमा नै उपस्थित भएर जिम्मेवार बनाउन र विद्यार्थीलाई नियमित उपस्थित गराउन सहयोग मिल्ने विद्यालयका प्रअ माधव सिलवालको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

Lavrov Accuses Ukraine of Supporting Terrorism in Sahel Region

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

‘सर्वोच्चको आदेशबाट आत्तिनुपर्ने अवस्था छैन’ : प्रदीप पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu