ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिपुरमा भारत माताको हत्या भयो : राहुल गान्धी


ABC NEWS
२४ श्रावण २०८०, बुधबार   २ : ५६   बजे

काठमाडौं २४ साउन । भारतमा कांग्रेस आईका सांसद राहुल गान्धीले मणिपुरमा मोदी सरकारले भारत माताको हत्या गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि लोकसभामा बुधबार दोस्रो दिन भएको छलफलमा भाग लिँदै राहुलले आफ्नो भारत जोडो यात्राको चर्चा गरे ।

कन्याकुमारीदेखि कश्मीरसम्मको यात्राका क्रममा दैनिक २५ किलोमिटर हिँड्छु भन्ने आफ्नो अहंकार दुईतीन दिनमा चुर भएको उनले सुनाए । अघि भने, ‘भारत हरेक अहंकारलाई नाश गर्छ ।’

केही दिनअघि आफू मणिपुर गएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे । मोदी अहिलेसम्म नगएको भन्दै उनले भने, ‘किनकी तपाईँका लागि मणिपुर हिन्दुस्तान होइन । मणिपुरलाई तपाईँले दुई भागमा बाँडिदिनुभयो ।’

उनी बोलिरहँदा बीजेपी सांसदले राजस्थान नगएकोबारे प्रश्न गरेका थिए, राहुलले आजै जाने बताए । मणिपुर यात्राको चर्चा गर्दै उनले भने, ‘एक महिलाले मलाई भनिन् कि उनको छोरा हिंसामा मारिए र उनको शवसँग पूरा रात बसिन् । उनी आफ्नो घरबार छोडेर आइन् र उनीसँग अब मारिएका छोराको फोटो मात्र छ ।’

‘दोस्रो महिलासँग मेरो भेट भयो र मैले सोधेँ तपाईँसँग के भयो । उनी काम्न लागिन् र बेहोस भइन् । यो मात्र दुई उदाहरण हो’ सरकारप्रति लक्षित गर्दै राहुलले भने, ‘तिमीहरुले मणिपुरको मात्र होइन, हिन्दुस्तानको हत्या गर्‍यौं ।’

‘मणिपुरका मानिसहरुको हत्या गरेर तिमीहरुले भारत माताको हत्या गरेका छौं, तिमीहरुले देशद्रोह गरेका छौं र यही कारण प्रधानमन्त्री मोदी मणिपुर गएका छैनन् । एक आमा मेरो यहाँ बसेकी छिन् र अर्को आमाको तिमीहरुले मणिपुरमा मार्‍यौं ।’

राहुलको अभिव्यक्तिप्रति बीजेपीका सांसदहरुले कडा आपत्ति जनाए । लोकसभा अध्यक्ष ओम बिड्लाले पनि राहुललाई यो संसद भएको र सम्हालिएर धारणा राख्न आग्रह गरे ।

तर राहुल रोकिएनन् । होहल्लाका बीच उनी बोलिरहे । उनले भने, ‘हिन्दुस्तानको सेना एक दिनमा मणिपुरमा शान्ति ल्याउन सक्छ, तर उनीहरुलाई प्रयोग गरिएको छैन । यदि नरेन्द्र मोदीले मणिपुरको आवाजलाई सुन्दैनन् भने उनले भारत माताको हत्या गरिरहेका छन् ।’

रावणले मेघनाथ र कुम्भकर्णलाई मात्र सुन्ने गरेको स्मरण गर्दै उनले भने, ‘यसरी नै नरेन्द्र मोदीले पनि दुई जनालाई मात्र सुन्छन्, अमित शाह र अडानी । लंकालाई अनुमानले होइन, रावणको अहंकारले जलाएको थियो । रामले रावणलाई मारेका थिएनन्, रावणको अहंकारले उसलाई मारेको थियो ।’

उनले मोदीमाथि आरोप लगाए, ‘तपाईंले पूरा देशमा मट्टितेल हालिरहनु भएको छ । पहिला मणिपुरमा मट्टितेल हाल्नुभयो । हरियाणामा हाल्नुभयो र पूरा देशमा आगो लगाइरहनु भएको छ ।’

राहुल लगतै केन्द्रीय मन्त्री स्मृति इरानी बोलिन्, जसले भारत माताको हत्या भनेकोमा राहुलको निन्दा गरिन् । उनले अघि भनिन्, मणिपुर भारतको अभिन्न अंग हो । भारतको थियो र रहने छ । आज देश हेरिरहेको छ कि जब भारत माताको हत्याको कुरा भयो त कांग्रेस ताली बजाइरहेको थियो ।’

उनले कश्मिरी पण्डितहरूको मुद्दा उठाइन् । राजस्थानमा एक १४ वर्षीकी किशोरीको हत्या र सामूहिक बलात्कारको मुद्दा पनि उठाइन् । कांग्रेस सांसदहरुतर्फ लक्षित गर्दै उनले भनिन्, ‘यिनीहरुको मन त्यसबेला दुखेन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group