काठमाडौं, २३ माघ । पशुपतिनाथ ग्वल पुचः समाजले आगामी फागुन ३० देखि चैत्र ६ गतेसम्म महामहोत्सव गर्ने भएको छ ।
समाजले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सनातन हिन्दु धर्मको संरक्षण र राष्ट्रियताको रक्षार्थ महामहोत्सव गर्न लागिएको जनाएको हो । पशुपतिनाथ मन्दिरका सहायक भट्ट एवम् महामहोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दुधर्म र राष्ट्रियता कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
त्यस्तै त्रिवेणीधाम एवम् योगी नरहरीनाथ कोटीहोमका गूरु वशिष्ठले आयोजित महोत्सवलाई राष्ट्रिय महोत्वकासाथ लिनको लागि सरकारलाई आग्रह गर्नुभयो विश्व हिन्दु यूवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले पुशपतिनाथ मन्दिरको धार्मिक महिमा र ऐतिहाँसिकता जात्राहरुको संरक्षण र सवद्र्धनको लागि साताव्यापी महोत्सव गर्न लागिएको बताउनुभयो ।
विभिन्न साँस्कृतिक प्रतियोगिता र साँस्कृतिक प्रस्तुतिको साथ सम्पन्न हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने समाजले जानकारी दियो । करिब २ करोड लागतमा सम्पन्न हुने महोत्सवको बारेमा आयोजितक पत्रकार सम्मेलनमा माता अन्नपूर्ण र महोत्सव प्रचारप्रसार विभाग प्रमुख सचिता बुढाथोकीले महोत्सवमा उपस्थितिका लागि सबैमा आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्