काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीले लगानीका लागि विदेशबाट ल्याउन लागेको सवा २ अर्ब रुपैयाँ रकम नरोक्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनु भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चमा मंगलबार दुवै पक्षका वकिलहरुले गरेको बहसपछि यस्तो फैसला आएको हो । फैसलामा बैदेशिक लगानीका लागि आउने रकम रोकिरहन उपयुक्त नभएको भनिएको छ ।
मुक्तिश्री प्रा.लि.ले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्