मनाङ, २३ माघ । मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिनुभयो ।
मनाङ भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन् ।
गत वर्षको हिउँदयाममा एक पटकमात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ । गतवर्षको तुलनामा यसवर्ष अत्यधिक चिसोसमेत बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालाई समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्