ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्चस्तरीय छानबिन समिति परिणामुखी नहुने उपप्रधानमन्त्री श्रेष्ठको एमालेलाई जबाफ


ABC NEWS
२ भदौ २०८०, शनिबार   २ : ३७   बजे

पोखरा २ भदौ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बन्दा अनुसन्धान नै परिणामुखी नहुने भएकाले त्यो समिति आवश्यक नभएको उनले बताएका छन् । ‘यसरी बनाइने समितिमा दक्ष जनशक्ति हुँदैनन,’ उनले थपे, ‘प्रतिवेदन बनाइने तर, कार्यान्वयन नहुने हुन्छ । राज्यले अनुसन्धानकै लागि बनाएको संयन्त्र प्रहरी (सीआईबी)लाई कसरी अविश्वास गर्न मिल्छ ?’
पार्टी कार्यक्रममा पोखरा पुगेका उपप्रधानमन्त्री श्रेष्ठका अनुसार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था नै पूरै परिवर्तन गरिने गृहकार्य भएको छ । ।नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको उलने बताए ।
नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताएका हुन् ।

‘जनतासँग माओवादी रुपान्तरण अभियानुको तयारीका लागि भएको बैठकमा सहभागी हुन आएका गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ,’ उनले भने, ‘त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन ।’

‘गठबन्धन दलले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न निर्देशन दिएको हो ? भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री श्रेष्ठले कसैको पनि निर्देशन नभएको र प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको बताए । ललिता निवासमा किर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको उनले बताए । अरु व्यक्तिको अनुसन्धानमा सर्वोच्च र विशेष अदालतमा मुद्दा विचाराधीन भएको हुँदा अनुसन्धान गर्न नमिलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group