ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमै बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


ABC NEWS
३ भदौ २०८०, आइतबार   १० : ३१   बजे

काठमाडौं ३ भदौ । काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नामथर वतन बताउन नसक्ने अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका गोर्खा दरौँदी यातयात सेवा कम्पनी प्रालिको बस धादिङको गंगाजमुना गाउँपालिका–७ घर भएका ४१ वर्षीय दानबहादुर थापाले चलाएका थिए भने मोटरसाइकल चलाउने व्यक्तिको नामथर वतन खुल्न सकेको छैन। दुवै सवारीसाधन र चालकलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group