ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगनको प्रश्न : गठबन्धनका नेताले निर्णय गरेर ललिता निवासमा उन्मुक्ति दिन मिल्छ?


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ३ : ३१   बजे

काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे केही नेताहरूको बयान नलिने निर्णयमा प्रश्न उठाएका छन्।

गत साउन २९ गते गठबन्धनले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई ललिता निवास प्रकरणमा उन्मुक्ति दिने गरी लिएको निर्णयमा उनले प्रश्न उठाएका हुन्।

दलहरुले त्यसो गर्न पाउँछन्रु भन्दै थापाले उक्त कदमबाट सरकारको सुशासन अभियानमाथि पनि प्रश्न उठ्ने बताए।

झापाका विभिन्न स्थानमा कांग्रेस र भ्रातृसंगठनहरुका कार्यक्रममा सहभागी भइरहेका थापाले नेताहरुको उक्त निर्णय बेठीक रहेको उल्लेख गरे।

‘हामीले सुन्यौँ, गठबन्धनका नेताहरू बैठक बस्नुभयो। यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भएको पढ्यौ’, उनले भने, ‘के गठबन्धनका नेताहरू बसेर त्यसबारेमा छलफल वा निर्णय लिन पाउनुहुन्छरु’

थापाले कांग्रेस केन्द्रीय समिति बैठक मात्रै नभइ गठबन्धनको पनि लाइभ गर्नुपर्ने बताए।

‘के भयो जनताले थाहा पाउनुपर्छ। कहिलेकाहीँ प्रतिपक्षी दलका नेतासँग पनि बैठक हुने गर्छ’, उनले भने, ‘यस्ता बैठक लाइभ हुनुपर्छ। किनभने बैठकअघि एउटा भाषा र बैठकपछि अर्को भाषा सुनिने गरेको छ।’

थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको बताए। नेपाल विद्यार्थी सङ्घ झापाअन्तर्गत कनकाइ र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसो भनेका हुन्।

नेपालको जनसङ्ख्यालाई आकलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने उनले सुनाए। त्यहीकारण पनि विकास सम्भव नहुने उनको भनाइ छ।

जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group