ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाका मतदातालाई भ्रमण गराइने


एबीसी न्यूज
२४ माघ २०७४, बुधबार   ८ : ०३   बजे

दाङ, २४ माघ । राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ ।

प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यस क्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरेको बताउनुभयो ।

उहाँले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अतिथिका रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताउनुभयो । त्यसपूर्व नगर क्षेत्रको सरसफाइ गरी मतदान स्थललाई व्यवस्थित बनाएको चौधरीले जानकारी दिनुभयो । ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिका रूपमा स्वागत गर्न लागेको बताउनुभयो ।

यसैबीच, आज हुने राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन कार्यालय, दाङले जनाएको छ । पाँच नं प्रदेशका लागि घोराहीमा मतदान हुनेछ । आठजना राष्ट्रियसभा सदस्यका लागि भएको हुन लागेको निर्वाचनमा तीन महिला भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

नेपाली काँग्रेसबाट महिला कोटाका लागि राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटा, नेकपा (एमाले)का तर्फबाट महिला कोटाका दाङकी कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध हुनुभएको हो । माघ १० गते नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा (माओवादी केन्द्र) का तर्फबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एकजनाले मनोनयन दर्ता गराएका थिए ।

दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी जिल्ला गरी १२ जिल्लाका तीन खुल्ला, तीन महिला, एक दलित र एक अल्पसङ्ख्यक, अपांग गरी आठजना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ ।

आठजना उम्मेदवारका लागि प्रदेश नं ५ का ८७ जना प्रदेशसभा सदस्य, स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत २१८ गरी ३०५ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

Lavrov Accuses Ukraine of Supporting Terrorism in Sahel Region

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

‘सर्वोच्चको आदेशबाट आत्तिनुपर्ने अवस्था छैन’ : प्रदीप पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu