ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्नैप्रश्न– रेशम चौधरीलाई थुन्न मिल्छ कि मिल्दैन ?


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   १ : ४९   बजे

काठमाडौं, ४ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी छ ।

सोमबार संसदीय सुनुवाइमा प्रधानन्यायाधीश श्रेष्ठलाई सांसदहरूले विभिन्न प्रश्न सोधेका छन् । उनीहरूले न्यायपालिकाको सुधार योजना र श्रेष्ठमाथि लागेका व्यक्तिगत आरोपका विषयमा प्रश्न गरेका छन् ।

“यो देशमा भएको भ्रष्टाचार, अनियमितता न्यायालबाट सुधार गर्ने जनताको माग छ, यसमा तपाईंको धारण के छ ?  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डीपी अर्यालले सोधेका छन्, “क्यापिटल मर्चेन्ट फाइनान्स र राजन विष्टको नाम किटेर आएको छ, यसमा पनि स्पष्ट पारिदिनुहोला ।”

अर्यालले ‘फास्ट ट्रयाक’बाट न्याय दिने विषयमा आफ्नो कार्ययोजना राख्न भन्दै ‘चेन अफ कमान्ड’को अध्ययन कसरी गर्नुहुन्छ रु भनी प्रश्न गरे ।

नेकपा एमालेका सांसद देवेन्द्र दाहालले अदालतमा पुराना मुद्दाहरूका चाङ कहिले घट्छ रु भन्दै प्रश्न गरे ।

“सर्वोच्च अदालत र सबै अदालतका पुराना मुद्दा पूरै फर्छ्योट गर्ने ठोस योजना के छ ? राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत रहेका दाहालले प्रश्न गरे, “प्रहरी प्रयोग गरी राज्यसत्ताका प्रमुखहरूले नै कानुन र फैसला मान्दैनन्, यसमा के छ योजना रु”

यस्तै, एमालेका सांसद महेश बर्तौलाले न्याय किन महँगो भएको र नागरिकले न्यायालय जान नसक्ने अवस्था कसरी आयो रु भनी प्रश्न गरे ।

“धेरै मानिस न्याय महँगो भयो, न्यायालयमा आउन सकेनन्, कसको कारणले महँगो भयो, बार कि बेन्चले ? बर्तौलाले प्रश्न गरे, “यसलाई कसरी समाधान गर्नुहुन्छ ?

उनले न्यायालयमा न्यायाधीश नियुक्ति किन भएन रु किन न्यायाधीशको पूर्णता भएन रु बेथितिको सिकार को हो रु भनेर पनि प्रश्न गरेका थिए ।

“न्यायालयप्रति नागरिकको भरोसा मरेको छ, न्याय खरिद–बिक्री हुन्छ भन्ने छ, यसलाई कसरी लिनुहुन्छ रु,” बतौलाले थप प्रश्न गरे, “पैसा नभएको कारणले न्यायालयको ढोकामा आउन नसकेकाहरूको बारेमा के सोच्नुभएको छ ?

नेपाली कांग्रेसका संसद रमेशजंग रायमाझीले न्यायलयमा भित्रिएका विकृति–विसंगतिको जिम्मेवारी कसले लिने रु भन्दै प्रश्न गरे । उनले बाहिरका सम्बन्धका आफन्तहरूले अदालतमा किन सहज पहुँच पाउँछन् रु भन्ने विषयमा पनि प्रश्न गरे ।

“न्यायालयमा विकृति आयो भन्ने सुनिन्छ, त्यसको जिम्मेवार को हो रु राजनीतिक दल, न्यायालय, न्यायाधीश वा मुद्दा हाल्ने जनता रु को हो दोषी रु,” राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका रायमाझीले प्रश्न गरे, “सधैँ बिचौलियाको कुरा उठ्छ, को हो त्यो बिचौलिया रु न्यायाधीश बाहिर कोही कसको आफन्त होला, तर किन अदालतमा उनीहरूलाइ इन्ट्री हुन्छ रु किन कारबाही हुँदैन ?

उनले प्रधानन्यायाधीशका रूपमा १३ महिनाको कार्यकालमा पुराना मुद्दा फैसला गर्न सकिन्छ कि सकिँदैन रु भन्दै थप प्रश्न गरेका थिए । उनले रेशम चौधरीको मुद्दामा अपराधी हो भनेर आएको भन्दै अब फेरि थुन्न मिल्छ कि मिल्दैन रु भनेर प्रश्न गरेका थिए ।

“राष्ट्रपतिबाट आममाफी पाएपछि सर्वोच्चको फैसलाको पूर्णपाठमा रेशम चौधरी अपराधी हो भनेर आयो । रेशम चौधरीलाई थुन्न मिल्छ कि मिल्दैन रु,” रायमाझीले प्रश्न गरे, “अब उजुरी लिएर सरोकारवाला सर्वोच्च जान पाउँछ कि पाउँदैन ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group