ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइ समितिबाट विश्वम्भर श्रेष्ठ प्रधान्यायाधीशमा अनुमोदित


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   २ : ४८   बजे

काठमाडौं, ४ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

सोमबार बसेको समितिको बैठकमा उजुरीकर्ताहरुको कुरा सुनिसकेपछि श्रेष्ठसँग छलफल गरेको थियो।

श्रेष्ठले सांसदहरुसँगको छलफलमा आफ्नो कार्ययोजना पेस गर्दै पारिवारिक अदालत स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

श्रेष्ठविरुद्ध संसदीय समितिमा केवल ३ वटा मात्रै उजुरी दर्ता भएका थिए। ती उजुरीबारे उजुरीकर्तासँग समितिले सोधपुछ गरेको थियो।

अस्थायी शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म
प्रधानन्यायाधीशमा अनुमोदित श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गरेका थिए।

कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए।

४१ वर्षअघि अस्थायी शाखा अधिकृत बनेका विश्वम्भर अब प्रधानन्यायाधीश
त्यसको दुई वर्षपछि सुदूरपश्चि क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत भएर गए। त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गरे।

२०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भए। बढुवा भएसँगै सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा कार्यरत रहे। सहायक सचिवमा तीन महिना काम गरेपछि उनलाई न्यायाधीश नियुक्त गरिएको थियो।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए। उनले द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गरे। त्यसको दुई वर्षपछि डडेलधुराको न्यायाधीश भए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री किरण थापाको प्रतिबद्धता : ‘आश्वासन होइन, परिणाम देखाउने सरकार बनाउँछु’

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu