ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फरार’ भनिएका पूर्वमन्त्री जोशी आफैं सीआईबी पुगे, बयान नलिई फर्काइयो


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ३ : ०६   बजे

काठमाडौ, ४ साउन । सीआईबीले सरकारी वकिललाई फाइल पठायोसर्वोच्च अदालतको साउन २१ गतेको आदेशपछि पक्राउ पुर्जी जारी गरिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले बयान नलिई फर्काइदिएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको हो।

जोशी सोमबार बयान दिनका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पुगेका थिए।

जोशीका अनुसार उनलाई पहिलो पटक सीआईबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्।

‘पहिलो पटक सीआईबी प्रमुख ९किरण बज्राचार्य० आफैंले बयानका लागि भनेर बोलाउनु भयो’, उनले भने, ‘तर फेरि अहिले नआउनु भनेर खबर आयो।’

उनले आफू फेरि सीआईबीले बोलाए बमोजिम दिउँसो सवा १ बजे महाराजगञ्ज पुगेको बताए।

‘आज पनि म सीआआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो’, उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छैन।’

यसअघि पनि ललिता निवास प्रकरणमा नीतिगत निर्णय गरेको आरोप झेलिरहेका जोशीले आफू भागेर कहीँ नगएको बताएका थिए।

साउन २१ गतेको आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उनले यसो भनेका थिए।

‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु’, उनले भनेका थिए, ‘जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ।’

सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।

पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई पक्राउ नगरी सीआईबीले मुद्दाको फाइल सरकारी वकिलकहाँ लगेको छ। आफूसहितका मन्त्रीहरु फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौंको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group