ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको थिमीस्थित सुधारगृहमा तनाव, कैदीबन्दी ढोका फोडेर भागे


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ३ : ४७   बजे

काठमाडौ, ४ साउन । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा तनाव भएको छ।

सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार आइतबारको घटनापछि आफन्तले नारा जुलुस गरेका थिए।

त्यही क्रममा कैदीबन्दीले पछाडिको ढोका फोडेर सबै पुरुष कैदी भागेका छन्। घटनाका क्रममा तीनजना कैदी र केही प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन्। उनीसहित अन्यको नागरिक अस्पतालमा उपचार भइरहेको छ। तर प्रहरीले भने गोली चलाइएकोबारेमा केही पनि पुष्टि गरेको छैन।

सुधार गृहमा सजाय काटिरहेका रामेछापको मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

त्यही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।

बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूलढोका फोडर बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो।

बन्दीहरुले सुधार गृहबाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न थालेका थिए।

उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन्।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्।

सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यहीँ रहेका छन्। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group