ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको सुधार गृहबाट भागेका थिए २२० कैदी, ९२ जना समातिए, अझै १२८ फरार


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ५ : १२   बजे

काठमाडौ, ४ साउन । सानोठिमीस्थित बाल सुधार गृहबाट २२० जना कैदी भागेका छन्।

२ सय कैदीबन्दीहरु भागेपछि भक्तपुरदेखि काठमाडौंसम्मै तनाव भएको छ।

भागेकामध्ये अहिलेसम्म प्रहरीले भक्तपुर र काठमाडौंबाट ९२ जनालाई फेरि पक्राउ गरिसकेको छ।

लाठी र भालासहित ढोका फोडेर निस्किएका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाका अनुसार अझै १२८ जना फरार रहेका छन्।

बन्दीगृहका ४३ जना कैदीहरु भने भागेका छैनन्। उनीहरुलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

तनावका क्रममा सशस्त्र प्रहरी, प्रहरी र कैदीबन्दीसहित २१ जना घाइते भएका छन्। भाग्ने क्रममा कैदीहरुलाई रोक्न खोज्दा प्रहरी पनि घाइते भएका हुन्।

कैदी भाग्ने क्रममा झडप हुँदा सशस्त्र प्रहरीका ८ जना, नेपाल प्रहरीका ७ जना र ६ कैदीबन्दी घाइते भएका छन्।

सुधार गृहमा जम्मा २९८ जना कैदीबन्दीलाई राखिएको थियो। तीमध्ये ४३ जना महिला छन्।

भागेका कैदीबन्दीहरु लाठी र भालासहित काठमाडौंको कोटेश्वरसम्म आइपुगेका थिए।

उनीहरुलाई भक्तपुर प्रहरीले पछ्याएर पक्राउ गरेको हो।

आइतबार रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो।

बालसुधार गृहभित्रका थुनुवाले सोमबार दिउँसो बन्दीगृह प्रशासनविरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्किँदा सुरक्षार्थ खटिएको प्रहरीले रोक्न खोजेको थियो।

झडपपछि आक्रोशित भएका कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए।

सुधारगृहले आइतबार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको थियो। तर उनको मृत्युको कारण पुष्टि नगरिएपछि आफन्त र कैदीबन्दी आक्रोशित थिए।

आइतबार जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानबिन समिति बनाएको थियो।

बाहिरी उक्साहटमा लागेर सुधार गृहमा रहेकाहरुलाई उपद्रो नगर्न प्रमुख जिल्ला अधिकारी रिजालले आग्रह गरेका थिए।

छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने बताउँदै संयमित बन्न र कानुनबाहिर नजान रिजालले भनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu