ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा संलग्‍न एसएसपीद्वय कार्की र केसीको सरूवा, खत्री, अपराध अनुसन्धान कार्यालयमा राठौर


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ७ : ०७   बजे

काठमाडौँ, ४ साउन । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयमा गृह मन्त्रालयले सोमबार एसएसपीहरूको सरूवा गरेको हो ।
सरूवा हुने एसएसपीहरूमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी, प्रहरी प्रधान कार्यालयका भुपेन्द्रबहादुर खत्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका सानुराम भट्टराई र राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयका सोमेन्द्रसिंह राठौर रहेका छन् ।सरुवा भएकामध्ये कार्कीलाई काठमाडौं परिसरबाट प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय लगिएको छ । उनीहरू दुवै जना नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरू हुन् । दुवैको पहलमा नै शरणार्थी प्रकरणमा राजनीतिक नेक्ससको पर्दाफास भएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका साथै बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू अनुसन्धानको दायरामा तानिएका थिए ।

सोही अनुसन्धानका आधारमा अदालतले संगठित अपराध, राज्यविरुद्धको अपराध, किर्ते र ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।यो प्रकरणसँग जोडिएको अनुसन्धान कायमै रहेको बेला गृह मन्त्रालयले अनुसन्धानमा संलग्न उच्च अधिकृतहरूको एक पछि अर्को सरूवा गर्न थालेको हो । यही मंगलबार मन्त्रिपरिषद्‍ले उपत्यका प्रहरी प्रमुख श्‍याम ज्ञवालीसहित पाँच एआईजीको सरूवा गरेको थियो । उपत्यका प्रहरी कार्यलयकै मातहतमा रहेर जिल्ला प्रहरी परिसर, काठमाडौं तथा अपराध अनुसन्धान कार्यालयले शरणार्थी प्रकरणको अनुसन्धान गरेको थियो ।

काठमाडौंमा खत्री, अपराध अनुसन्धान कार्यालयमा राठौर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्णयबाट सोमबार गरिएको सरूवामा जिल्ला प्रहरी परिसर, काठमाडौंमा भुपेन्द्रबहादुर खत्रीलाई ल्याइएको छ भने उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई सरुवा गरिएको छ । दुवै एसएसपी प्रहरी प्रधान कार्यालयअन्तर्गत क्रमशस् महानिरीक्षकको सचिवालय र कार्यविभागमा कार्यरत थिए । यस्तै एसएसपी सानु भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयमा तथा मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

विश्वकप फाइनलको पहिलो हाफ गोलरहित : स्पेनको दबाब, अर्जेन्टिनाको संयम, मेस्सी अझै प्रभावहीन

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu