काठमाडौं, ५ भदौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।
शीतलनिवासमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन्।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो।
प्रतिक्रिया दिनुहोस्