ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ९ : ३०   बजे

काठमाडौ भदौ ५ । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ ।यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ ।आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् ।तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ ।

कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभेंडाको औसत निर्यात प्रतिकिलो मूल्य १२ रुपैयाँ रहेको छ ।वीरगञ्ज भन्सार कार्यालयकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा निर्यात भएको छ ।यस्तै, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट २५ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ ।

भन्सार प्रमुख रामप्रसाद रेग्मीकाअनुसार निकासी भएको गोलभेंडाको मूल्य ३ लाख रुपैयाँ हारारीको छ ।भैरहवा भन्सारबाट जम्मा ७ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । जसको मूल्य एक् लाख रुपैयाँ हाराहरीको छ । भन्सार प्रमुख मनीराम पौडेलकाअनुसार यो नाका भएर गोलभेंडाको निर्यात भर्खरै सुरु भएको हो ।अहिले वीरगञ्ज र भैरहवाबाट गोलभेंडाको निर्यात नियमित रहेपनि मेची भन्सारबाट भने रोकिएको छ ।

भारततर्फ नै गोलभेंडाको उत्पादन बढेको र उल्टै भारततर्फबाट गोलभेंडा आयात हुन थालेको भन्सार प्रमुख रेग्मीले बताए ।भारतमा गोलभेंडाको मूल्य खुद्रामै भारु २ सय रुपैयाँ नाघेपछि नेपालको गोलभेंडाको आयात खुला भएको थियो । त्यस अघि पनि नेपालबाट भारतमा गोलभेंडा लुकीछिपी भारत गइरहेका थिए ।व्यवसायीहरुकाअनुसार सुरुआती समयमा प्रतिकिलो १० रुपैयाँ देखि भारतमा गोलभेंडा निर्यात हुन थालेका थिए ।

तर, साउन अन्तिमसम्म आउँदा गोलभेंडाको निर्यात मूल्य प्रतिकिलोमै १३० रुपैयाँ नेपालीसम्म रहेको व्यवसायीहरु बताउँछन् ।नेपालबाट निर्यात हुँदा नेपालतर्फ कुनै मूल्य नलाग्ने भएपनि भारतको भन्सारमा लाग्ने शुल्कका कारण व्यवसायीहरुले खरिद मूल्य न्यून घोषणा गरिएको हुनसक्ने आकलन गरिएको छ ।गोलभेंडा व्यवसायी सामर्थ ढुंगानाकाअनुसार नेपालले अधिकतम् प्रतिकेजी १२० रुपैयाँसम्ममा गोलभेंडा भारतमा बिक्री गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group