ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीमाथि देउवापछि ओली खनिए– टार र कोट भन्या के हो ? यस्तो बोल्न मिल्छ ?


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   १ : २७   बजे

काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए ।

उनले गृहमन्त्रीमाथि माओवादीका नेताहरु विभिन्न काण्डमा जोडिए पनि सामान्य अनुसन्धानसमेत नगरेको तर कांग्रेसका नेता छानी छानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । देउवा बढी आक्रोशित भएपछि गृहमन्त्री श्रेष्ठले नै विषयान्तर गरेका थिए ।

‘आज सभापतिज्यूलाई के भएछ रु किन आक्रोशित हुनुभएको रु’ भन्दै उनले विषयान्तर गर्न खोजेपछि रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले देउवालाई रोकेका थिए ।

ऋयचउयचबतभ द्यबबजचबपजबचष्
ब्नलष् न्चयगउ
सोमबार पनि गृहमन्त्री श्रेष्ठमाथि बैठकमै एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे ।

गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिनमा ‘कोट पनि छोडिन्न टार पनि छोडिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए । सो विषयलाई लिएर ओलीले आक्रोश व्यक्त गरेका थिए ।

“गृहमन्त्रीलाई गर्न खोजेको के हो भनेर ओली जङ्गिनुभयो । कोट नि छोडिन्न टार पनि छोडिन्न भनेको के हो रु गृहमन्त्रीको हैसियतबाट यस्तो भन्न मिल्छ रु कि प्रमाणित गर्नुहोस् नभए जे मन लाग्यो त्यही बोल्न मिल्छ रु भन्दै ओलीले आक्रोश पोख्नुभयो,” बैठकमा सहभागी ती नेताले भने ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई पत्रकारहरुले प्रश्न गरेपछि त्यसको जवाफमात्र दिएको भन्दै स्पष्टीकरण दिएको ती नेताले बताए ।

“मलाई राजनीतिक हस्तक्षेप भयो भने के गर्नुहुन्छ भनेर पत्रकारले गरेको प्रश्नमा भनेको हो । बालुवाटार वा बालकोटबाट दबाव आए पनि छानबिन रोकिन्न भनेको हुँ । नियोजित भनेको हैन भनेर गृहमन्त्रीले जवाफ दिनुभयो,” ती नेताले भने ।

तीन घण्टासम्म चलेको बैठकमा एक अर्काले घोचपेचमा उत्रिएको पनि उनले जानकारी दिए । सोमबार बसेको उक्त बैठकले एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन समिति बनाउने र सदन चलाउने सहमति गरेको छ ।

समिति भने सीआईबीले प्रतिवेदन बुझाएपछि निर्माण गर्ने सहमति भएको ती नेताले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu