ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा गर्न हौसिए सर्वसाधारण


admin
२४ माघ २०७४, बुधबार   ११ : ४५   बजे

भोजपुर, २४ माघ । स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो । 

भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराएको तथ्याङ्कमा उल्लेख छ । श्रेष्ठका अनुसार हालसम्म पौवादुम्मा गाउँपालिकाबाट ३५ घरपरिवारका १५६ जनाले स्वास्थ्य बीमा गराएका छन् भने रामप्रसाद गाउँपालिकाका ३९ घरपरिवारका १५१ जनाले बीमा गराएका छन् ।

भोजपुर नगरपालिकाका १२६ घरपरिवारका ७७०, अरुण गाउँपालिकामा ७४ घरपरिवारको २४८ र आमचोक गाउँपालिकामा ३०० जनाले स्वास्थ्य बीमा गराइसकेको बताइएको छ । बीमा गर्नका लागि दर्ता सहयोगी गाउँगाउँमा पुगेका छन् ।

स्वास्थ्य बीमा गराउन यहाँका सर्वसाधारण निकै उत्साहित भएका छन् । स्वास्थ्य बीमा गरिसकेका घरपरिवारले फागुन १ गतेदेखि उपचार सुविधा पाउने भनिएकोे छ । स्वास्थ्य बीमा गर्न भोजपुरमा गत पुस २४ गतेदेखि शुरुआत गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनले अस्ताममा बिताए रात, सिस्नु–कोदोको रोटी खाए, ‘इको टी’ मागे

प्रधानमन्त्री बालेन अस्ताम पुग्दा स्थानीयमा उत्साह, खानेपानी र सडक सुधारको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu