ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन र आँपटारी सबस्टेसन सञ्चालनमा


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   १ : ४०   बजे

काठमाडौं, ५ साउन । भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन र हेटौँडा(भरतपुर(बर्दघाट प्रशारण लाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण अन्तरगर्तको प्रसारणलाइन र सबस्टेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०र१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो।

प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम विद्युत प्रसारण लाइनको बटलनेकको रूपमा रहेको बताए। विद्युत उत्पादनमा क्षमता वृद्धि भएको बताउँदै प्रसारण लाइन र वितरण प्रणाली गुणास्तरीय बनाउनेतर्फ ध्यान दिएको उनले बताए।

नेपालमै खपत गर्न विद्युतीय सवारी साधन र विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजानुपर्ने बताए।

नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने वातावरण बनेको उनको भनाई छ। आगामी चीन भ्रमणमा प्रसारण लाइन बनाएर विद्युत पठाउने गरी तयारी गरेको उनले बताए।

कार्यक्रममा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत ट्रिप्लिङको समस्या समाधान हुने बताए। उनले २०७३ मा प्रधानमन्त्री दाहालको नेतृत्वमा विद्युतमा सुधार हुन थालेको बताउँदै अहिले गुणस्तरीय बनाउनेतर्फ लागेको बताए।

उर्जा सचिव दिनेश घिमिरेलेले १३२ केभीको मात्रै प्रसारण लाइन हुँदा पूर्वको विद्युत पश्चिम र पश्चिमको विद्युत पूर्वमा लैजान अपुग भएकाले २२० केभीको प्रसारण लाइन निर्माण गरिएको बताए।

उनले देश भित्र विद्युत उत्पादन भैरहेपनि गुणास्तर नहुँदा बेला बेला लाइनमा जाने गरेकोमा सब स्टेशनले समस्या समाधान गर्ने बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा विश्व बैंक, युरोपियन युनियनले सहयोग गरेको बताए।

उनले प्रसारण लाइन विस्तार र सबस्टेसन निर्माणले अब गुणस्तरीय विद्युत वितरण गर्न सकिने बताए।

प्राधिकरणका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन निर्माण १ अर्ब ५२ करोड रूपैयाँ लागत रहेको जानकारी दिए।
सबस्टेसन निर्माणमा युरोपियन युनियनको ऋण सहयोग रहेको छ।

त्यस्तै हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन ५ अर्ब ५२ करोड लागतमा निर्माण भएको उनले जानकारी दिए।

यसमा आयोजना निर्माणमा नेपाल सरकारसँगै विश्व बैंककोसमेत ऋण लगानी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu