ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको स्वीकारोक्ति : पार्टी पङ्क्तिमा निराशा र पलायन देखियो


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   २ : २९   बजे

काठमाडौं, ५ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी आफूहरुले चाहे जसरी अगाडि बढ्न नसकेको बताएका छन् । तर एमालेबाट गरेको विद्रोहको औचित्य भने बारम्बार पुष्टि भएको बताएका छन् ।

मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले संगठनात्मक अवस्था र समस्याबारे उल्लेख गरेका छन् ।

पार्टी तथा भ्रातृ संगठनका कमिटीको तथ्यांक उल्लेख गर्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन् ।’

यस्तो कमजोरी देखिनुको प्रमुख कारण पार्टीकै कतिपय व्यक्तिले पार्टीको बद्ख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य भएको नेपालको दाबी छ । उनले भनेका छन्, ‘यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसके ।’ यदि कोही पार्टीमा छन् भने उनीहरुलाई त्यस्तो काम गर्ने छुट नदिने अध्यक्ष नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने, तर पूरा नगर्ने प्रवृत्ति, पार्टी सानो छ भन्ने लघुताभास, प्रत्यक्ष रुपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि जस्ता कारण पनि रहेको उनले औंल्याएका छन् ।

अध्यक्ष नेपालले अगाडि भनेका छन्, ‘अब निराशालाई चिर्ने, आशा र उत्साह जगाउने ठोस योजनाका साथ अघि बढ्नुपर्छ ।’

अबको ५ महिनापछि महाधिवेशन गर्ने भन्दै उनले सम्पूर्ण कार्ययोजना महाधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group