ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन स्थगित भयो समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान?


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   २ : ३५   बजे

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ुसमुदायमा कांग्रेसस् राष्ट्रव्यापी अभियानु स्थगित गरेको छ।

भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो।

साउन १० गते सकिएको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्यतालिकामा अभियान भदौ १० देखि २४ गतेसम्म देशैभर सञ्चालन गर्ने उल्लेख छ।

कांग्रेसले २०८० भित्र ५ लाखदेखि ७ लाख जनासम्म नयाँ सदस्य पार्टीमा थप गर्ने योजनाअनुसार संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरेको थियो।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकले पूर्वनिर्धारित ुसमुदायमा कांग्रेसस् राष्ट्रव्यापी अभियानु तत्कालका लागि स्थगित गर्ने समझदारी बनाएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्खा नसकिएको र संसद पनि चल्ने भएकोले राष्ट्रव्यापी अभियान केही समयपछि गर्ने समझदारी बनेको सेतोपाटीलाई बताए।

‘समुदायमा कांग्रेसस् राष्ट्रव्यापी अभियानमा जनप्रतिनिधि सांसद पनि जानुपर्छ। तर संसद चलिरहेकोले अहिले यो कार्यक्रम गर्न सम्भव हुँदैन भन्ने भयो। साथै पानी पनि परिराखेको छ, बर्खा सकिएको छैन। केही समयपछि यो अभियान गर्छौं,’ उनले भने।

राष्ट्रव्यापी अभियान अहिलेलाई स्थगित गरिए पनि अब कहिले गर्ने भन्ने मिति तय गरिएको छैन।

साथै साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्य पठाएर कांग्रेसले संगठन सुदृढीकरणबारे आन्तरिक छलफलसमेत गरिसकेको छ।

‘संगठन सुदृढीकरणका लागि गरिएको आन्तरिक अभियानबारे पनि पदाधिकारी बैठकमा समीक्षा भयो। यो अभियान प्रभावकारी भएको निचोड निस्किएको छ,’ पौडेलले भने।

कांग्रेसले बिपी साहित्य महोत्सव भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ। भदौ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा बिपी साहित्य महोत्सव आयोजना हुनेछ।

त्यस्तै भ्रातृ संघसंस्थालाई पूर्णता दिने विषयमा पनि मंगलबार पदाधिकारी बैठकमा छलफल भएको छ। सभापति देउवाले नेपाल महिला संघ, नेपाल तरूण दल, नेविसंघ लगायतमा तदर्थ समिति विस्तार गरिसकेका छन्।

नेविसंघमा देखिएको विवाद समाधान भएको छ भने नेपाल महिला संघमा भने नेता शेखर कोइराला पक्षले समानान्तर गतिविधि गरिरहेका छन्।

सभापति देउवाले प्रचारबाहेक अन्य विभाग गठनसमेत गरेका छैनन्। भ्रातृ संस्था र विभागलाई भदौ १५ भित्र पूर्णता दिनेबारे पनि मंगलबारको पदाधिकारी बैठकमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu