बुटवल, २३ माघ ।
पांच नंम्बर प्रदेसका नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
दाङ्गमा मंगलबार भएको भेलाले नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापा मगरलाई सह–संयोजक चयन गरेको छ । भेलामा ५ नं. प्रदेसका सबै नगरपालिकाका मेयर र उपमेयर सहभागि रहेका थिए ।
यसैगरी सदस्यहरुमा घोराही उप–महानगरका मेयर नरुलाल चौधरी, तानसेन नगरापालिकाका उप–मेयर लक्ष्मी पाठक, मुसीकोट नगरपालिका मेयर सोमनाथ सापकोटा, शिवराज नगरपालिकाका उप–मेयर शीवकुुमारी चौधरी, शिवगंगा नगर पालिकाका मेयर सूर्य अधिकारी, महाराजगन्ज नपाका मेयर अब्दुल कलाम, कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु चौधरी, प्यूठान नगरपालिाकाका मेयर अर्जुन कुमार कक्षपति, ठाकुबाबा नगरपालिकाका उपमेयर कुष्मा थारु र लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्