काठमाडौं, २४ माघ । रौतहटमा स्थानियबासीले नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व यातायत मन्त्री महम्मद आफताब आलमलाई उनको तौल बराबरको लड्डु तौलेर स्वागत गरेका छन् ।
रौतहट क्षेत्र नं. २ मा आलम निर्वाचित भइसकेपछि राजपुर नगरपालिका डुमरीया टोलका स्थानीयहरूले सांसद आलमलाई उनका वजन बराबरको लड्डुले स्वागत गरेका हुन्।
रौतहट क्षेत्र नंं। २ विकासबाट बञ्चित रहेकोले अब निर्वाचित भएका सांसद तथा पूर्व यातायत मन्त्री आलमले विकास गर्नेछन् भन्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको स्थानीयवासी अबु मोहम्मदले बताए।
नेताको उच्च सम्मानमा ७५ किलो वजन बराबरको लड्डु तराजुमा राख्दै तौल गरेपछि स्थानीयहरू हर्षित भएका थिए।
नेता आलम रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्