ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वविद्यार्थीहरुबाट साढे ३१ लाखमा आइसीटी भवन निर्माण


admin
२४ माघ २०७४, बुधबार   २ : ५१   बजे

स्याङ्जा, २४ माघ । फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयका लागि बिदेशमा कार्यरत भूतपूर्व विद्यार्थीहरूले व्यक्तिगत सहयोगमा दुई कोठे आइसीटी भवन बनाई हस्तान्तरण गरेका छन् ।

कूल ३१ लाख ४३ हजार ४७० रुपैयाँ लागतको सो भवन उनीहरूले विद्यालयको ४३औं वार्षिकोत्सवको अवसर पारेर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । भूपू विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्की र प्रध्यानाध्यापक मनोजकुमार शर्मालाई हस्तान्तरण गरे ।

बिदेशमा कार्यरत विभिन्न मुलुकबाट आइसीटी संयोजक तथा प्रतिनिधिहरु स्कुलको वार्षिकोत्सवमा सहभागी भएका थिए । हङकङ, मकाउ, अमेरिका, बेलायत, युएइ, युरोपबाट आइसीटी भवन निर्माणका लागि १०० भन्दा बढी पूर्वविद्यार्थीहरुले आर्थिक सहयोग गरेका थिए ।

जिल्ला समन्वय समिति स्याङ्जाका अध्यक्ष सीता सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आइसीटी भवन निर्माण समितिका अर्थ संयोजक पूर्वबिद्यार्थी प्रेम गुरुङले आइसीटी भवनबाट बिद्यार्थी भाइबहिनीहरुले धेरै फाइदा लिन सकोस भन्नुभयो ।

२०३१ सालदेखि सञ्चालनमा आएको उक्त विद्यालयका लागि बनाइएको दुई कोठे नयाँ भवन सूचना प्रविधिको कक्षाका लागि भएको भूपू विद्यार्थी तथा हङकङका संयोजक आइबहादुर गुरुङले बताए ।

विद्यालयमा हाल ३ सय २२ जना छात्रा र २ सय २८ जना छात्र छन् । संस्थापक प्रधानाध्यापक यामबहादुर रानाभाटले एक लाखको अमृत आईसीटी अक्षयकोष पनि स्थापना गरेका छन् । सो अबसरमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group