काठमाडौं, २४ माघ । प्रदेश नम्बर ७ मा राजपा नेपालका सांसदले राष्ट्रियसभा निर्वाचनमा भोट दिएनन् ।
दुई जना सांसद रहेको राजपाका सांसद बुधबार भएको मतदानमा सहभागी भएनन्। कैलालीबाट चुनाव जितेका कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल २ सय २९ जना मतदाता रहेको प्रदेश ७ मा राष्ट्रियसभाको मतदान सम्पन्न भएको छ।
प्रदेश नम्बर ७ मा २ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको थियो। दलितततर्फ एमालेबाट चक्रप्रसाद स्नेही र कांग्रेसबाट शेरिराम कार्की र अपाङ, अल्पसंख्यकतर्फ माओवादीका महेशकुमार महरा र कांग्रेसबाट छत्रराज जोशी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस्