ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले दिएको आदेशको विषय सदनमा प्रवेश, सांसदहरू विपक्षमा


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   २ : ५०   बजे

काठमाडौं, ७ साउन । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषय सदनमा प्रवेश पाएको छ । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सर्वोच्च अदालतको आदेश उचित नभएको बताए । उनले न्यायपालिकालाई व्यवस्थापिकाको अधिकारमाथि प्रवेश गर्नु उपयुक्त नभएको बताए ।

“हिजो भर्खरै सर्र्वाच्चबाट गम्भीर रूपमा आदेश अयो । हाम्रो सविधानले शक्ति पृथकीकरणको गरेको छ । सबैको अलग–अलग दायरा र क्षेत्रको कुरा गरेको छ । संविधानको परिछेद ५ मा संसद्को विधायिकी अधिकारको बारेमा व्याख्या छ ।

संविधानमा न्यायपालिका कार्यपालिकाको व्याख्या गरेको छ,” उनले भने, “हिजोको आदेशले एक अर्काको कार्यक्षेत्रमा प्रवेश गर्ने दखल अन्दाजी गर्ने प्रयासमा गएको छैन । सम्पूर्ण संरचना त्यता उन्मुख भएको आभास दिएको छ ।”

उनले आफू अदालतप्रति आघात विश्वास गर्ने र यसको स्वतन्त्रका लागि लडेको भए पनि अदालतको हिजोको आदेश भने स्वभाविक नभएको बताए ।

“हिजोको फैसलाले दुखित बनाएको छ । अहिले कानुन बनाउने बजेट पास गर्ने अधिकार सदनको अधिकार हो यसलाई कसैले हनन् गर्न सक्दैन । सदन जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुन् कानुन बनाउने सर्वाधिकार तिनीहरूमा अन्तरनिहीत छ,” उनले भने, “बजेटको एउटा अंश झिकेर खण्डित गर्ने कुरा कार्यपालिका र न्यायापालिकालाई छैन । यो हुन थाले भने लोकतन्त्रको अवस्था के होला रु आम सदनको ध्यानाकर्षण गर्दछु सभामुख महोदय ।

उनले कुरा पाँच करोडको नभएको भन्दै नियतको भएको जिकिर गरे ।

“यो व्याख्याले संविधानलाई खलल पार्ने काम भएको छ । पाँच करोडको कुरा होइन तर एक अर्काको अधिकार भित्र छिर्न थाल्यौं भने लोकतन्त्त र हामीले अंगालेको व्यवस्थाको अवस्था कस्तो हुन्छ रु सदनको यतातर्फ ध्यान पुग्नुपर्छ,” उनले भने, “केही सांसदहरूले लिदैनौँ सदन विकास भनेको सुनिएको छ ।

लिने नलिने कुरा होइन सदनको अधिकार क्षेत्रभित्र प्रवेश गर्ने कसैलाई अधिकार छ छैन भन्ने । सम्पूर्ण सदन एक हुनुपर्छ भन्ने अवधारणा मेरो हो । यो विधेयक कानुनको रूपमा आएको हो । यसमा न्यायपालिकाले व्याख्या गर्न पाउँदैन । बजेट बनाउने अधिकार सदनलाई छ सार्वभौम सदनले बनाएको प्रश्न उठाउने पाउने अधिकार संविधानको कुन चाहीँ बुदाले काटेको छ ।”

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu