ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको आरोप : कोसीमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल साम्प्रदायिक हिंसा भड्काउँदै छन्


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   ४ : २५   बजे

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोसी प्रदेशमा प्रचण्ड र नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए ।

कोसी प्रदेशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उनले उल्लेख गरे । द्वन्द्व भड्काउनका लागि प्रचण्ड र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै ओलीले एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।

“अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल,” उनले भने, “यी बाहुनले, नुवकोटमा हुन्छ एउटा खेल– साढे जुधाउने भन्ने । ती साढेको केही दुश्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर ताली बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् ।”

अध्यक्ष ओलीले सरकारले ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर सुन तस्करीमा आफै संलग्न रहेको प्रमाणित गरेको बताए । सुन नियन्त्रणमा लिने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएको स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन सरकार लागेको उनले बताए ।

“एक क्विन्टल सुन तस्कर परेको थियो, ट्याक्सीमा । एयरपोर्टमा होइन बाहिर । ल्याउने, लाने गरेको ड्राइभर साथैमा छ । मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीमा छ,” उनले भने, “राजस्व अनुसन्धान विभागमा पु¥याएर एक क्विन्टल सुनसहित पक्राउ परेका अभियुक्तहरु लगेर फेरि खोजीका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ । त्यसरी दुईजनालाई पठाए । अनुसन्धानले त्यसरी छोड्छ रु अनुसन्धान भनेको त्यस्तै हुन्छ ?

सुन तस्करी प्रकरणलाई लुकाउन गिरीबन्धु टी स्टेटमा आफ्नो संलग्नता हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको ओलीले बताए ।

“सय केजी ६१ मा झरेको छ । यति मजाक गरिरहन, भ्रष्टाचारको यसकुरालाई लुकाउन गिरीबन्धु टी स्टेट खायो केपीले भने । छ झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group