ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशमा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, २२ हजारभन्दा धेरै सङ्क्रमित


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ९ : ४३   बजे

काठमाडौ भदौ ८ । डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् ।डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिउ । उनका अनुसार सुनसरीमा मात्रै झण्डै १६ हजार जना सङ्क्रमित भएका छन् ।कोशी प्रदेशको सुनसरीसहित १४ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ । उहाँका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एक जनाको ज्यान गएको छ ।

झापामा एक हजार चार सय २० सङ्क्रमित छन् ।झापामा पनि एक जनाको ज्यान गएको तथ्याङ्क छ । देशका ७५ वटा जिल्लामा डेङ्गी फैलिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कर्णालीको मुगु र हुम्लामा यसवर्ष डेङ्गीको सङ्क्रमण भेटिएको छैन ।महाशाखाका प्रमुख रुद्र मरासिनीका अनुसार देशभरको पूर्ण विवरण सङ्कलन गर्ने काम भैरहेको छ । उन्ले सङ्क्रमण अझै उच्च बिन्दुमा जान सक्ने भएकाले सङ्क्रमण बढ्न नदिन सबैले सतर्कता अपनाउँदै रोग नियन्त्रण र रोकथाममा सहयोग गर्नुपर्ने बताए ।

विशेष गरी गर्मी र बर्खायाममा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी फैलिने गरेको छ । केही दिन पानी पर्ने अनि घाम लाग्ने हुँदा तापक्रममा आउने उतारचढावले सङ्क्रमण फैलिने गरेको छ ।डेङ्गी रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालमा असोज महिनामा प्रकोप उच्च बिन्दुमा पुगेपछि बिस्तारै घट्ने गरेको छ । आफ्नो घर र कार्यालयबाट लामखुट्टेको वृद्धि र विकास हुन नदिन, पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा लामखुट्टेको टोकाइबाट जोगिन महाशाखाका प्रमुख मरासिनीको आग्रह छ ।

ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउनेलगायत डेङ्गीका लक्षण हुन् । आन्तरिक रक्तस्राव, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, दिशामा रगत देखिने जस्ता समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

पूर्व–पश्चिम राजमार्गमा नयाँ पहिचान : झापामा बन्दै अत्याधुनिक ‘ल्याण्डमार्क ब्रिज’

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu