ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   १ : १८   बजे

काठमाडौं, ८ भदौ । यो वर्ष सन् २०२३० नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण १३ जनाको मृत्यु पुष्टि भएको छ ।

कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या डेढसयभन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १३ हजार ६८६ जना संक्रमित भएका छन् ।

वाग्मतीका धादिङ, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

वाग्मतीमा दुई हजार ९६७ जना संक्रमित भएका छन् । मधेसमा १८३, गण्डकीमा ६३२, लुम्बिनीमा ३४०, कर्णालीमा ४१ र सुदूरपश्चिममा ५४० जनामा संक्रमण पुष्टि भएको छ ।

अगष्टका २४ दिनमा मात्रै देशभर १० हजार ५४६ जना डेंगी संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

पोष्ट मनसुनसम्मै रहन्छ डेंगी
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् ।

“यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षातको अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् ।

अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।

“गतवर्ष देखिएकै ठाउँमा फेरि संक्रमण उच्च नहोला तर, नयाँ ठाउँमा फैलिँदा संक्रमितको संख्या गत वर्षहरूमाभन्दा उच्च नहोला भन्ने अवस्था चाहीँ रहँदैन,” डा। पुनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu