ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ३ : ३२   बजे

काठमाडौं, ८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे।

‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ। माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ। सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन,’ उनले भने, ‘माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला। कर्मी, सीमाहरू होलान्। तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन।’

समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको समेत उनको दाबी थियो।

मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए। अदालतले दोषी सावित गरेपनि वा ओभरसाइट एजेन्सीहरुले भनेपनि त्यसलाई जनताले नपत्याउने उनले बताए।

‘हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ। अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन्,’ उनले भने।

मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu