ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीपीएसले तस्करीको गोदामसम्म पुर्‍यायो, एक महिनामा चार सय किलो सुन ओसारेको आशंका


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ४ : ४४   बजे

काठमाडौं, ८ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङमाथि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

२ साउनमा बरामद भएको उक्त सुन र त्यसअघि पनि पटक–पटक ठूलो मात्रामा सुन तस्करी भएको तथ्य खुलेको र त्यसको मूख्य योजनाकार दावा देखिएपछि अनुसन्धान उनीमाथि केन्द्रित भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले दावालाई १४ साउनमा उनैले सञ्चालन गरेको ठमेलस्थित होटल भियनाबाट पक्राउ गरेको थियो । हाल दावासहित सीआईबीले सुन प्रकरणसँग जोडिएका २३ जनामाथि अनुसन्धान जारी राखेको छ ।

६० किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरे पनि संगठितरुपमै सुन तस्करी भएको तथ्य खुलेपछि २१ साउनदेखि सीआईबीले अनुसन्धान थालेको हो । सीआईबीले ६० किलो सुन प्रकरणका योजनाकार दावा र मूख्य लगानीकर्ता याओ पेचिङलाईसमेत पक्राउ गरिसकेको छ ।

लामो समयदेखि नेपालमा बसेका दावा चिनियाँ अपराधिक समूह भित्र्याउने नाइके रहेको खुल्दै गएको छ । दावाको राज्य सञ्चालनमा रहेका विभिन्न शक्ति केन्द्रका व्यक्तिसँग उठबस रहेको थियो । त्यसैको आडमा उनले अवैध धन्दा सञ्चालन गर्दै आएको खुलेको छ ।

उसो त दावाले काभ्रेपलाल्चोकबाट निमा लामाको नामबाट नेपाली नागरिकतासमेत लिएको भेटिएको छ । सुन तस्करी प्रकरणमा मूख्य योजनाकार दावासँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीकोसमेत अस्वाभाविक सम्बन्ध देखिएपछि उनलाई बिहीबार गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।

दावा २०६३ यता नेपालमै बसेर विभिन्न अवैध कारोबारमा लागेको प्रहरीको दाबी छ । रोल्पाका माओवादी कार्यकर्ता कमला रोकासँग विवाह गरेका दावाको माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सँगसमेत निकट सम्बन्ध देखिएको थियो ।

सुन तस्करी प्रकरणमा दावामार्फत् अवैध कारोबारमा नेपालीसम्म पुग्ने सीआईबीको दाबी छ । हाल सीआईबीको थुनामा रहेका ६ जना चिनियाँको मोबाइल प्रहरी प्रधान कार्यालयको फरेन्सिक ल्याबबाट रिकभर गरेर सीआईबी त्यसको विश्लेषणमा लागेको छ ।

सीआईबी स्रोतका अनुसार दावासहित याओ पेचिङको समूहले महिनामा मात्रै करिब चार सय किलो सुन तस्करी गरेको देखिएको छ ।

तस्करीको सुन सप्लाइको लागि महंगा कारको प्रयोग

६० किलो सुन तस्करी प्रकणको अनुसन्धानमा जुटेको सीआईबीले उनीहरुको अवैध धन्दाबारे नयाँनयाँ तथ्य फेला पार्दै गएको छ । त्रिभुवन विमानस्थलबाट तस्करीको सुन पास भएपछि दावा समूहले सामान्य ट्याक्सीमार्फत् सामान गोदामसम्म पुर्‍याउने गर्थे ।

त्यसको लागि उनीहरुले बालुवाटार, टोखा र सोह्रखुट्टेमा गोदाम खोलेका थिए । विभिन्न पार्टस्मार्फत फिटिङ गरेर सुन तस्करी गर्ने उनीहरुले गोदाममा पुर्‍याएपछि भने सुन गालेर बजारमा लिने गर्थे । उनीहरुको गोदामबाट विभागले यसअघिनै सुन गाल्ने मेसिन बरामद गरेको थियो ।

त्यसरी गालेको सुन बजारमा लैजान उनीहरुले एक निजी कम्पनीमार्फत् महंगा कार भाडामा लिएको नयाँ तथ्य फेला पारेको छ । महिनाको ९० हजारदेखि एकलाख ५० हजारसम्म तिरेर उनीहरुले तीनवटा कार भाडामा लिएर थिए ।

उक्त कारको ‘मुभमेन्ट’ ठमेल न्युरोड क्षेत्रमै बढी देखिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले कारसमेत नियन्त्रणमा लिएको थियो । तर कार एक कम्पनीले भाडामा दिएको खुलेको थियो । विभागको टोलीले कार भाडामा लगाउने कम्पनीका सञ्चालकसँगसमेत कागज गराएको छ ।

स्रोतका अनुसार कम्पनीले भाडामा लगाएका कारमा जीपीएस प्रणालीसमेत जडान गरेको थियो । सोही कारमा जडान गरिएको जीपीएस प्रणालीको माध्यमबाट चिनियाँको गोदामसम्म विभागको टोली पुगेको खुलेको हो ।

जीपीएस प्रणालीले ‘लोकेसन ट्रयाक’ गर्न सहज हुने गर्छ ।

स्रोतले भन्यो, “चिनियाँहरु बयानमासमेत बोल्दैनन् । तर, उनीहरुले भाडामा लिएको कारमा भाडामा लगाउने कम्पनीले जीपीएस जडान गरेका रहेछन् । त्यो कारको जीपीएस अध्ययन गरेपछि हामी चिनियाँको गोदामसम्म पुगेका हौँ ।”

अनुसन्धानमा खटिएको टोलीले दावा समूहले नेपाल भित्र्याएको अधिकांश सुन नेपाली बजारमै खपत गराउनेसमेत खुलाएको छ । चिनियाँले भाडामा प्रयोग गरेको कार एकपटक पोखरा र चितवन पुगेको समेत देखिएको छ ।

सुन मात्रै होइन मानव तस्करी पनि गर्थे

दावा समूहको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न खटिएको प्रहरीले उनीहरुले मानव तस्करीको धन्दासमेत गर्ने गरेको अर्को रहस्य खुलाएको छ । अनुसन्धानमा खटिएका प्रहरीले दावा समूहले पूर्वी नेपाल र भारतको सिक्किम, मणिपुर दार्जिङबाट युवतीहरु बोलाएर काठमाडौंमा अवैध धन्दामा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

भातरबाट आएका युवतीहरु काठमाडौंमा एक–दुई हप्ता बसेर फर्किने गरेको खुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीले दावाका दैनिक गतिविधि र उनीसँग जोडिएका व्यक्तिहरुलाई बोलाएर सोधपुछ गरिरहेको स्रोत बताउँछ ।

ठूलो मात्रामा सुन तस्करी हुँदा भारतबाट नेपाल आएका युवतीमार्फत् उनीहरुले सुन भारत लैजाने गरेको आशंका प्रहरीको छ । विभाग स्रोतका अनुसार दावा समूहले यसअघि पानी तान्ने मेसिनभित्र लुकाएर सुन तस्करी गरेको खुलेको छ ।

एउटै पानी तान्ने मेसिनको तौल उनीहरुले ४५ किलो भनेर नेपाल भित्र्याएको देखिएको छ । ६० किलो सुन तस्करी पनि उनीहरुले ब्रेक सुमार्फत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group