ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा


एबीसी न्यूज
९ भदौ २०८०, शनिबार   १२ : २९   बजे

काठमाडौ भदौ ९ ।मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए ।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल ९कालो नरम खपटे० प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ ।उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको छ ।

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए ।भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए ।ठूला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ताहरु बताउँछन् । सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनीहरुको माग रहेको छ ।हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् ।

तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् ।तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ । सिमसारमा कृतिम संरचना निर्माण गर्दा बासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा रहेको छ ।सर्वाहारी यो कछुवा आइयुसीएन रेड लिस्टमा सङ्कटापन्न सूचीमा छ अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् ।

‘बाघको संरक्षणमा जति महत्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्व छ । ठूलो टाउकोे पिठ्युँ ९खपटा०मा बुट्टाजस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै थाहा हुन्छ मयूर प्वाँखे कछुवा’, स्थानीय बेलबारी–९ का काचिलाल धिमालले बताए ।फाट्टफुट्ट मात्र देखिएको यो मयूरको प्वाँखे कछुवा अन्य कछुवाकै रुपमा लिइएको र यसको महत्वबारे आफूलाई थाहा नभएको धिमाल बताउँछन् ।

‘बेतना सिमसारमा घुम्न आउने पर्यटकले भुजा, सोयाबिनलगायत चारोको रुपमा सिमसारमा हालेपछि त्यही खान माछा सँगसँगै कछुवा पनि आउँछन् तर चारो हाल्ने बित्तिकै खान आइहाल्छ भन्ने हुँदैन तर लामो समय पर्खिएर हेर्दा भने पक्कै देखिन्छ’, बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राईले बताए ।नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ ।

रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्के किरा, माछा, गड्यौलालगायत स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ । दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी शिकार हुने प्रजातिभित्र पर्छ । यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । विसं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu