विराटनगर ९ भदौ । स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको समयमा भेला, जुलुस, र्याली निकाल्न रोक लगाएको थियो।
निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्। धरानबाट बाहिर जाने सवारी साधनलाई छुट दिएको भए पनि भित्रिन दिइएको छैन।
धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बाहिरबाट धरान प्रवेशमा कडाइ गरिएको छ।
विभिन्न समूह तथा संस्थाले शनिबार र्याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शनिबार मध्याह्नसम्म धरानको स्थित सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्