ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितानिवास जग्गा प्रकरणको किर्ते मुद्दा अदालतमा, यस कारण चलेन संगठित अपराधमा मुद्दा


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ११ : ५५   बजे

काठमाडौं, १० भदौ । ललितानिवास जग्गा प्रकरणमा किर्ते मुद्दा अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मिसिल पुर्‍याएको हो । जिल्लाको सम्पूर्ण टिमले मुद्दाका लागि आवश्यक प्रक्रिया पुरा गरेपछि कार्यालय फर्किएका छन् ।

“ललितानिवास जग्गा प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालतमा पुगिसकेको छ । हामी सबै टिम त्यहाँ पुगेर फर्किएका छौँ,” जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता महेश खत्रीले भने, अहिले त्यहाँ मिसिलि रुजु हुँदै छ । सकिएपछि दर्ता हुन्छ ।” उनले आवश्यक प्रक्रियामा सघाउन सहयोगीहरू अदालतमा रहेको जानकरी दिए ।

सरकारी वकिल कार्यालयले मुद्दा भने किर्तेमा मात्र लगाएको छ । संगठित अपराधसम्बनधी कानुन नै नभएको समयमा भएको घटनामा पस्चातदर्शी कानुन लगाउन नमिल्ने भएका कारण संगठित अपराधमा मुद्दा नचलाएको प्रवक्ता खत्रीले जानकारी दिए ।

“०४९ सालदेखिको प्रकरण हो । ०६९ सम्म त्यसको निरन्तरता देखिन्छ,” खत्रीले भने, “०६९ मा आएको अध्यादेशले पनि निरन्तरता पाएन । संगठित अपराधसम्बन्धी ऐन ०७० मा मात्र आएको हो । त्यसकारण पस्चातदर्शी कानुन लगाउन नमिल्ने हुँदा संगठित अपराधको मुद्दा चलाइएन ।”

उनले संगठित अपराधका लागि कम्तीमा तीनवर्ष कैद आवश्यक हुने तर यसमा एकवर्ष मात्र कैद भएकाले पनि संगठित अपराधसम्बन्धी मुद्दा चलाउन मिल्ने अवस्था नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu