ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवाबाट मंगरबारदेखि हङकङ र दिल्ली उडान गर्दै निगम


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   २ : १७   बजे

काठमाडौं, १० भदौ । नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया—भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि उडान सुरु हुनेछ ।

“मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौंमा ९ बजे अवतरण हुनेछ,” उनले बाह्रखरीसँग भने, “त्यसपछि हङकङ जाने यात्रु हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्लीको फ्लाइटमा जानेछन् ।”

अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया जान्छ । उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवामा ल्यान्ड हुन्छ । मलेसियाबाट आएका यात्रुलाई भैरहवामा अवतरण गराएपछि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लिएर जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्छ । यहाँबाट हङकङ र दिल्लीको निगमकै उडानमा यात्रुलाई पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

यसअघि, निगमले जेठ २९ गतेदखि मलेसियाको क्वालालम्पुर–भैरहवा उडान सुरु गरेको थियो ।

टिकट बुकिङ खुला

निगमले भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडानको लागि टिकट खुला गरेको छ । याुत्रले सोमबारबाट उक्त क्षेत्रमा उडानको लागि टिकट लिन सक्ने निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थल विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

“भैरहवा विमानस्थल सञ्चालनको लागि निमगले आफ्नो दायित्व सम्झेर उडान सुरु गरेको हो । हाम्रो यो प्रयासले विमानस्थल सञ्चालनमा महत्वपूर्ण भूमिका खुल्छ भन्ने विश्वास समेत लिएका छौँ ।”

साथै, पश्चिमी क्षेत्रका यात्रुलाई सहज हुने उनको भनाइ छ ।

“भैरहवाबाट हङकङ उडान गर्दा विशेष गरेर पश्चिम नेपालका यात्रुलाई समेत हुन्छ भन्ने हाम्रो विश्वास छ । यात्रुलाई समय र पैसाको बचत हन्छ,” पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu