ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा उद्धव थापालाई देला त राप्रपाले विश्वासको मत?


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   २ : २७   बजे

काठमाडौं, १० भदौ । अहिले भएको सहमतिमा कुनै गम्भीर मोड नआए राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने लगभग निश्चित देखिएको नेताहरुले बताएका छन्।

भदौ ४ गते थापाले लिएको विश्वासको मत संविधानअनुकूल नभएको ठहर सर्वोच्च अदालतले गरिसकेको छ। यसबारे अदालतले भदौ १५ गते पूर्ण सुनुवाइका लागि मिति तय गरेको छ।

यदि मुख्यमन्त्री थापालाई पुनः प्रदेश सभामा विश्वासको मत लिन अदालतले आदेश दिए राप्रपाका सांसदहरुले पनि मत दिने समझदारी आइतबार भएको नेताहरुको भनाइ छ।

सोहीअनुसार सत्तारुढ दलहरुले केन्द्रमा राप्रपालाई आफुले पाएका समितिमध्ये स्थानीय विकास तथा पूर्वाधार समितिको सभापति बनाउने निर्णय गरेका छन्।

पूर्वाधार विकास समिति माओवादी केन्द्रको भागमा परेको थियो।

राप्रपाले कोशी सरकारमा सत्ता जोगाउन विश्वासको मत दिने सहमति गरेपछि माओवादीले पाएको समिति सभापति छाडेको एक नेताले बताए।

‘माननीय मुख्यमन्त्री उद्धव थापाको पक्षमा मत दिने सर्तमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका माननीयज्यूलाई सहयोग गर्ने समझदारी भयो,’ ती नेताले नेपालखबरसँग भने, ‘सत्ता गठबन्धन नै प्रस्ताव र समर्थक बस्ने छ।’

तर, राप्रपाका वार्तामा रहेका बुद्धिमान तामाङले सहमतिबारे खुलाउन चाहेनन्। उनले समिति सभापतिमा मात्रै छलफल भएको दाबी गरे।

‘हामी कोशीको विषयमा प्रवेश नै गरेका छैनौँ,’ उनले नेपालखबरसँग भने, ‘आज पूर्वाधार विकास समितिको सभापतिका विषयमा मात्रै समझदारी भएको हो।’

कोशी प्रदेशसभामा राप्रपा प्रतिपक्षी दलका रुपमा रहेको छ। प्रदेशसभामा राप्रपाका ६ सांसद छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि समिति सभापति मात्रै बाँडफाँड भएको दाबी गरे।

सत्तापक्षका एक नेताले भने कोशी सरकार जोगाउनकै लागि राप्रपालाई समितिमा सभापति दिने सहमति भएको ठोकुवा नेपालखबरसँग गरे।

‘हामीबीच केही दीर्घकालीन समझदारी भएका छन्, त्यसैअन्तर्गत कोशी सरकार पनि परेको छ,’ उनले भने।

आइतबार बनेको सहमति कायम रहे कोशीमा उद्धव थापाले विश्वासको मत पाउने निश्चित रहेको उनको भनाइ छ।

यसअघि थापाको पक्षमा बहुमत पु¥याउन सभामुखको राजीनामा गराइएको थियो।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याई साउन १६ मा उद्धब थापा कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिए।

तर, त्यसबेला अध्यक्षता गरिरहेका सांसदको समेत मत लिएर थापाको पक्षमा ४७ सांसदको समर्थन पु¥याइएको थियो।

विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठक अघि नै उपसभामुख सिर्जना दनुवार काठमाडौं हिडेकी थिइन।

उनले अध्यक्षता मण्डलका रुपमा इस्राइल मन्सुरीलाई सभा सञ्चालन गर्न पत्र दिएकी थिइन्।

मन्सरीले सभा चलाए। पक्ष र विपक्षमा मतदान गराए। तर, अन्तिममा आफूले समेत एक मत दिए र कूल ९३ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि आवश्यक ४७ मत पु¥याए।

त्यसविरुद्ध एमाले सर्वोच्च अदालत पुगेको थियो।

अदालतले भदौ ७ गते मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान सम्मत नभएको आदेश दिएको थियो।

त्यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समेत हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यसबेला असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा सभामुखको राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group