काठमाडौं, १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९प्रथम योल्मो खेन्पो छिमे छिरिङ० बीच भेटवार्ता भएको छ।
शनिबार लुम्बिनीस्थित होक्के होटलमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामाबीच भेटघाट भएको हो । करिब एक घन्टाको भेटवार्तामा लुम्बिनी गुरुयोजना र यहाँको समग्र विकासबारे छलफल भएको जनाइएको छ । ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरुयोजना अहिलेसम्म पूरा भएको छैन ।
उपाध्यक्ष लामाले गुरुयोजना पूरा नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब मूर्तरुप दिने गरि काम गरिने जानकारी गराएका थिए । गुरुयोजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न सहयोगी भूमिका खेल्न पनि उनले मुख्यमन्त्रीलाई अनुरोध गरे ।
भेटघाटमा मुख्यमन्त्री चौधरीले यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकारले सहयोग र सहकार्य गर्ने जनाए । गुरुयोजना पूरा गर्नमा अब ढिलाइ गर्न नहुनेका उनको जोड थियो ।
लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको समेत उपाध्यक्ष डा।लामाले भेटमा मुख्यमन्त्री चौधरीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्