काठमाडौं १० भदौं । काठमाडौं महानगरपालिकाले ढुुसी परेको कोक बेच्ने बिक्रेतालाई डेढ लाख जरिवाना गराएको छ। काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले डेढ लाख जरिवाना गराएको हो।
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिएको थियो।
जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ।
जरिवाना ७ दिनभित्र जरिवाना तिर्न समय दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्