ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् प्रतिनिधिसभाका १० समिति सभापतिका लागि ११ उमेदवार


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ३ : ५९   बजे

काठमाडौं, १० भदौ । प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिका लागि उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार १० विषयगत समितिमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् ।

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिमा दुईजनाबाहेक अन्य सबै समितिमा एकजनाको मात्र उमेदवारी परेको छ । यो समितिमा गठबन्धनका तर्फबाट जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक फरक उमेदवारी दर्ता गराएका छन् । यीबाहेक अन्य समितिमा भने दलहरुको एकल उमेदवारी परेको छ ।

उद्योग समिति सभापतिमा जनमत पार्टीबाट अब्दुल खानको उमेदवारी परेको छ । यस्तै, समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीले उमेदवारी दर्ता गराएका छन् ।

स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले उमेदवारी दर्ता गराएको छ । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानव अधिकारको सभापतिमा नेकपा माओवादी केन्द्रका बिमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा ९एमाले०का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसबाटै आरजु राणा देउवा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति जसपा नेपालबाट राजकिशोर यादवको उमेदवारी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group