ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सदस्य : बागमतीमा डेढ लाख, कोशीमा छैनन् १० हजार


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ५ : ३३   बजे

काठमाडौं, १० भदौ । नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी सदस्य बागमती प्रदेशमा देखिएका छन्।

देशभर ७ लाख ५२ हजार ९ सय ५६ सदस्य दाबी गरेको माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन १७–२१ सम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पेश गरेको सदस्यता अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन्। अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक– संगठनात्मक प्रतिवेदन अनुसार काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमतीमा १ लाख ४७ हजार ३५३ सदस्य छन्।

सदस्य संख्याका हिसाबले मधेस प्रदेश दोस्रोमा छन्। ८ जिल्ला रहेको मधेसमा माओवादीको सदस्य संख्या १ लाख १६ हजार ९७५ छ। रोल्पा, दाङ लगायतका जिल्ला समेटिएको लुम्बिनीमा १ लाख १२ हजार ९१० सदस्य संख्या रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

संगठनात्मक स्थिति र गतिविधि

माओवादी सबैभन्दा कमजोर कोशीमा देखिन्छ। १४ जिल्ला रहेको कोशीमा माओवादी सदस्य ९ हजार ६०१ मात्र छ।

जबकि प्रवास समन्वय प्रदेश भन्दा केही बढी मात्र कोशीमा सदस्य छन्। गण्डकी प्रदेशमा ६६ हजार ६ सय ८७, सुदूरपश्चिम प्रदेश ८० हजार ४८२ हुँदा कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ सदस्य छन।

यसैगरी सम्पर्क समन्वय प्रदेश १९ हजार ३१२, उपत्यका विशेषप्रदेश १८ हजार ३२५, र प्रवास समन्वय प्रदेशमा ५ हजार ५३७ सदस्य छन्।

प्रचण्डका अनुसार यो संख्यालाई अद्यावधिक गर्नुपर्नेछ। माओवादीले भदौ १६ गतेदेखि रुपान्तरण अभियान गर्दैछ। संगठन सुदृढीकरण र सदस्यता अद्यावधिकका लागि माओवादीले तीन महिने अभियान सुरु गर्न लागेको जनाएको छ।

माओवादीको तीन आयोगका साथै ३४ विभागहरू क्रियाशील छन्। विशेष प्रदेशहरूसहित दश प्रदेश समितिहरू क्रियाशील छन्।

भौगोलिक र गैरभौगोलिक गरी ११० जिल्ला समन्वय समितिहरू रहेका छन्। नगर र गाउँपालिका समितिहरू र वडाहरूमा पार्टी समितिहरू विस्तार भएका छन्।

जबस, मोर्चा र पेशागत संगठन गरी जम्मा २९ वटा संगठन क्रियाशील रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group