ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै छ, कसैको धम्कीले रोकिँदैन : गृहमन्त्री श्रेष्ठ


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ५ : ४८   बजे

काठमाडौं, १० भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी नेतृत्वको सरकारले नै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता जनाएका छन् । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भएको स्मरण गरे ।

माओवादीले अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले नेतृत्वकै सरकारले गरेको दाबी गरे। अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

उनले भने, ‘हामीले थालेको सुशासनको अभियानलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । भ्रष्टाचारी र तस्करीहरु अहिले यो अभियानलाई असफल पार्न सकिन्छ भनेर सार संयन्त्रमाथि प्रहार भइरहेको छ । तर म भन्न चाहन्छु प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन । यसलाई अगाडि बढाएर सफल बनाई छोड्छ । हामी कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ ।’

देश र जनताप्रति प्रतिबद्ध हुँदै नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल पारिछाड्ने सुनाए । माओवादीले नै यो व्यवस्था ल्याएको उल्लेख गर्दै यसको रक्षा गर्ने पनि आफूहरुकै जिम्मेवारी भएको बताए ।

राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले नै आर्थिक क्रान्तिलाई अघि बढाउँदै समाजवादसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu