ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघमा नेपालले करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाउने


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ५ : ५८   बजे

काठमाडौं, १० भदौ । नेपालले संयुक्त राष्ट्र संघ यूएन को ७८ औं महासभाका क्रममा करिब एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ‚ जसमा नेपाली टोलीको नेतृत्व गर्दै न्यूर्योक जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका अन्य उच्च अधिकारीहरुले सहभागिता जनाउने छन् ।

प्रधानमन्त्रीको तहमा सभागिता जनाउनु पर्ने कार्यक्रममा प्रधानमन्त्री र मन्त्री वा राजदूत तथा अन्य प्रतिनिधिको तहमा सहभागिता जनाउनेमा त्यहि अनुसार हुने कार्यक्रम रहेको छ । परराष्ट्र स्रोतका अनुसार कार्यक्रम र त्यसको अवस्थालाई मध्यनजर गर्दै नेपाली पक्षबाट सहभागिता हुनेछ ।

प्रधानमन्त्री दाहाल भदौं ३० मा संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन अमेरिकाको न्यूर्योक जाने सम्बन्धमा मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ । दुई वर्षपछि महासभामा नेपालबाट प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूर्योक भ्रमण गरेका थिए । त्यसको ४ वर्षपछि न्यूर्योकमा प्रधानमन्त्रीकै उपस्थितीमा सम्बोधन हुन लागेको हो ।

सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्यूर्योक गएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअल रुपमा भएको ७५ औं महासभामा तत्कालिन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरे । सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्रसचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर चीन भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । त्यो बीचमा नेपालले दिगो विकास लक्ष्यहरु ९एसडीजी० समिटमा सहभागि, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई–लेभल मिटिङ अन पेन्डामिक प्रिभेनसन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिडिङ फर द समिट अफ द फ्युचर, हाई–लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई–लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस, अतिकम विकसित राष्ट्रहरु ९एलडीसी० को अध्यक्षता गर्दै कार्यक्रम, सार्क मन्त्रीस्तरीय साइडलाइन वार्ता ९गृहकार्य भइरहेको० र साइड लाइनवार्ताहरु ९गृहकार्य जारी० मा नेपालको तर्फबाट सहभागिता रहने छ ।

दाहाल न्यूर्योकबाट नेपाल नआई सिधै चीन उड्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले तय गरिसकेको छ । तर मन्त्रीपरिषद्ले प्रधानमन्त्री दाहालको चीन भ्रमणको निर्णय गर्न भने बाँकि नै छ । दाहालले सेप्टेम्बर २३ देखि २५ ९असोज ५ देखि ७० सम्म हाङचाओमा एसियाली खेलकुदको दौरान बस्नेछन् । त्यसपछि उनी त्यहाँबाट राष्ट्रपति सी चिनफिङलाई भेट्न वेइजिङ आउने गृहकार्य भइरहेको छ ।

हाङचाओमा हुने एसियाली खेलकुद असोज ६ देखि २१ सम्म चल्ने छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

सम्बन्धित

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu