ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको राष्ट्रियता खतरामा छ : झलनाथ खनाल


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ६ : ०१   बजे

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण उत्पन्न भएको उनले उल्लेख गरे । अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीका कारण पनि देशको राष्ट्रियता खतरामा रहेको उनले बताए । एमसीसी अमेरिकाले खडा गरेको ‘इन्डोप्यासिफिक स्ट्राटेजी’ भएको उनको भनाइ छ ।

एमसीसी संसद्बाट अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनिए पनि त्यसलाई अमेरिकाले नमान्ने उनले बताए । उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागु नगरेको जिकिर गरे ।

५०० मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने उनले चेतावनी दिए । नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उनले सुनाए ।

“आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियता त्यत्तिकै खतरामा बढिरहेको छ, राष्ट्रियतामाथिको खतरा । चाहे विभिन्न खालका सन्धि, सम्झौताहरू हुन्, चाहे यी नयाँनयाँ जस्तो, एमसीसी भन्नुस् । एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इन्डोप्यासिफिक स्ट्राटेजी हो, त्यसको अभिन्न अंग हो । त्यो अभिन्न अंगको रूमपा उसले हरप्रकारले लाद्न कोसिस गर्दै छ । अब अहिले पनि त्यसलाई कार्यान्वयन गर्ने जोड अमेरिकाले दिइरहेको छ । तर, के कस्ता रेसिडेन्टहरू हुन्छन्, नेपालमा त्यो थाहा छैन ।

अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनेर गरियो । त्यो व्याख्यात्मक घोषणाका कुराहरू लागु भए कि भएनन् रु पक्कै लागु भएको छैन,” उनले भने, “यी कुरालाई अमेरिकाले सुन्ने पनि छैन । एउटा कानले पनि सुनेको छैन । सम्झौतामार्फत नेपालले पाउने जम्मा ५०० मिलियन डलर हो । त्यो डलर प्राप्त गर्ने कुरामा कुनै आपत्ति छैन । अमेरिकाले नेपाललाई अनुदान दिन चाहन्छ भने ५५ करोड किन, ५५ अर्ब दिए पनि हुन्छ । तर, सर्तहरू जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा सर्त पनि मान्य हुँदैन । कार्यान्वयन गर्दा मान्छे लिएर आउँछन्, त्यो मान्छेलाई नेपालले कुन देशको नागरिक हो तपाईं भनेर सोध्न पाउँदैनन् । ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन । यस्ता सर्त त्यसभित्र छन् ।”

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति असन्तुलित भएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu