ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास प्रकरणबारे सीआईबीको अनुसन्धानमाथि उठ्यो प्रश्न


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ६ : १६   बजे

काठमाडौ, १० भदौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध ‘सरकारी छाप किर्ते कसूर’मा मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले बिहीबार संगठित अपराध र किर्ते कसूरमा उनीहरुमाथि मुद्दा दायर निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिल कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा चलाउन प्रमाण अपुग जिकिरसहित सरकारी किर्तेमा मात्रै मुद्दा दायर गरेको छ ।

यो सँगै सीआईबीले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानमाथि नै प्रश्न उठेको छ । राजनीतिक दबाबका कारण संगठित अपराधमा मुद्दा नचलाएको हो वा सीआईबीले कानुन नबुझेको हो रु प्रश्न उब्जिएको छ ।

संगठित अपराधमा अनुसन्धानका निम्ति ६० दिन थुनामा राख्न सकिन्छ भने किर्तेमा २५ दिनमात्र हिरासतमा लिन सकिन्छ । एकजना पूर्वन्यायाधिवक्ताले भने प्रहरीले गैरकानुनी रुपमा आरोपीहरुलाई थुनामा राखेको बताए ।

“२५ दिनमा बुझाउनुपर्ने मुद्दा प्रहरीले ६० दिन लगायो । यो त्यसै पनि गैर कानुनी भयो,” ती न्यायाधिवक्ताले भने ।

सरकारी वकिल कार्यालयले आरोपीबाट १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । सीआईबीले २०८० असार १२ यता ललिता निवास प्रकरणमा जोडिएका आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

पक्राउ परेकामाथि सीआईबीले संगठित अपराध र किर्तेमा अनुसन्धान गरेको थियो । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २० जना आरोपीलाई सीआईबीले ५७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

उनीहरु अहिले पनि अनुसन्धानमै छन् । किर्तेमा शाहको कहीँ कतै हस्ताक्षर नदेखिएको भन्दै उनलाई वकिल कार्यालयले प्रतिवादी बनाउन अस्वीकार गरेको हो । सीआईबीले भने शाहले श्रीमती उर्मिला शाहको नाममा ललिता निवासको ११ आना २ पैसा जग्गा लिएको उल्लेख उनलाई प्रतिवादी बनाउन सिफारिश गरेको थियो ।

त्यसबाहेक सीआईबीले प्रतिवादीमा सिफारिश नगरेको सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ । उसो त, पुस २०७८ मा समेत सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान किर्ते मुद्दामा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुझाएको थियो ।

त्यो बेलासमेत सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो भन्दै फाइल सीआईबीलाई नै फिर्ता गरेको थियो । ललिता निवास प्रकरणबारे सीआईबीले गरेको दोस्रो चरणको अनुसन्धानमा संगठित अपराधमा प्रमाण नपुगेपछि सरकारी लिखत किर्तेमा दर्ता नगरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता महेश खत्रीको भनाई छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले भने मुद्दाको अभियोजनको काम सरकारी वकिल कार्यालयको भएका कारण यसबारे आफ्नो कुनै टिप्पणी नभएको प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu