काठमाडौँ १० भदौ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कूल ३११ जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्