ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसामा विदेश जान झन्झटिलो बनाउँदै सरकार


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   ११ : ५२   बजे

काठमाडौं, ११ भदौ । विदेश घुम्न जान स्थानीय तहबाट सिफारिस चाहिने विवादास्पद प्रावधान लागू गर्ने तयारी
विदेश घुम्न जान स्थानीय तहबाट सिफारिस चाहिने झन्झटिलो प्रावधान ल्याउने तयारी भएको छ । गृह मन्त्रालयले अघि बढाएको अध्यागमन कार्यविधि, २०६५ संशोधन प्रस्तावमा भिजिट भिसासम्बन्धी प्रावधान पनि हेरफेर गर्न लागिएको छ । अध्यागमन विभागले कार्यविधि संशोधनको प्रस्ताव गत साता गृह मन्त्रालयमा पठाएको हो । गृहले छलफल गरी कार्यविधि स्वीकृत गर्ने तयारी गरेको छ ।

कार्यविधिमा मुख्यगरी भिजिट भिसासम्बन्धी र केही प्राविधिक विषयमा संशोधन गर्न लागिएको अध्यागमन विभागले जनाएको छ । पटक–पटक विवाद हुँदै आएको भिजिट भिसासम्बन्धी प्रावधान पहिलोपटक कार्यविधिमा राख्ने प्रस्ताव गरिएको छ ।

कार्यविधिको संशोधन मस्यौदामा विदेश घुम्न जानका लागि स्थानीय तहबाट सिफारिस चाहिने विवादास्पद प्रावधान छ । भिजिट भिसामा हुने मानवतस्करी नियन्त्रण प्रभावकारी बनाउन भन्दै यो प्रावधान राखिएको छ । यसले भिजिट भिसामा विदेश जान चाहनेलाई झन्झट थप्ने गृहकै अधिकारीहरू बताउँछन् । ‘यो प्रक्रियाले नागरिकलाई दुःख हुने र स्थानीय तहले कोही विदेश घुम्न आर्थिक रूपमा सक्षम रहेको–नरहेको भनेर सिफारिस गर्न पनि व्यावहारिक हुने देखिँदैन,’ गृहका एक अधिकारीले भने ।

चार वर्षअघि पनि अध्यागमन विभागले यस्तै प्रावधान राखेकामा विरोधपछि गृह मन्त्रालयले त्यसलाई हटाएको थियो । अहिले पनि अध्यागमनका उच्च अधिकारीको जोडबलमा यस्तो प्रावधान राखिएको छ । यद्यपि, यसमा निर्णय भइनसकेको गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् । त्यस्तै, विदेश घुम्न जान चार लाख रुपैयाँ बैंक ब्यालेन्स, दुईतर्फी टिकट, होटेल बुकिङ र न्यूनतम दुई सय ५० अमेरिकी डलरको विद्यमान प्रावधान कायमै राखिएकै छ । कार्यविधि संशोधनमा भिजिट भिसासम्बन्धी प्रावधान थप प्रस्ट बनाउन लागिएको र यसबाट सर्वसाधारण तथा अध्यागमन कर्मचारी दुवैलाई सहज हुने अध्यागमन विभागका निर्देशन खिमराज भुसाल बताउँछन् ।

भिजिट भिसामा विदेश जानेलाई अनलाइनबाटै पूर्वस्वीकृति दिनका लागि विभागले सफ्टवेयर पनि बनाइसकेको छ । नयाँ कार्यविधि स्वीकृत भएपछि त्यसलाई कार्यान्वयन गर्ने तयारी छ । यसअनुसार विदेश घुम्न जानेले विभागको वेबसाइडमा आफ्ना डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।

आवश्यक डकुमेन्ट पुगेमा विभागले इमेलमा पूर्वस्वीकृति पठाउनेछ । टुर प्याकेज लैजाने ट्राभल कम्पनीहरूले पनि पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । हाल डकुमेन्ट नपुगेर दैनिकजसो विमानस्थलबाट फर्काइने गरिएको छ । भिजिट भिसाको समस्या समाधान गर्न पटक–पटक कार्यदल बनेर विभिन्न सिफारिस भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu