ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बञ्चरेडाँडाबासी फेरि आन्दोलित, असोज १ देखि काठमाडौंको फोहोर फाल्न रोक लगाउने


एबीसी न्यूज
११ भदौ २०८०, सोमबार   १२ : ०७   बजे

काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन्।

संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका हुन्।

‘फोहोर र मानिस सँगै बस्न सक्दैनौं। हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिका सम्मलाई ध्यानाकर्षण गरायौं,’ बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘तर, कतैबाट पनि सुनुवाइ भएन।’

फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए।

‘सिसडोलको अवस्था पनि त्यस्तै छ। बञ्चरेडाँडामा पनि व्यवस्थित तरिकाले फोहोर फालिएको छैन। सिसडोलकै शैलीमा थुपारिएको छ। जसका कारण यो तीन महिना हामीले ज्यादै नै सास्ती व्यहोर्नुपर्‍यो। खेतबारीमा बालीनाली लगाउने अवस्था छैन। फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्य त बिग्रँदो छ नै, पशुचौपायाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ,’ उनले भने, ‘सधैँ यही कुरा गरेर आन्दोलित भइरहनुभन्दा असोज १ गतेबाट फोहोर फाल्न पूर्ण रूपमा रोक लगाउन लागेका हौं।’

उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।

‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

दीर्घकालीन ल्यान्डफिल साइट भनिए पनि फोहोर र लिचेट ९फोहोर कुहिएर बग्ने हानिकारक रसायन० को सही ढंगले व्यवस्थापन हुन नसकेको उनले बताए।

‘अहिले पनि लिचेट कोल्पु खोलामै बग्छ। सिञ्चाइको स्रोत नै विषाक्त बनेपछि उत्पादन हुँदैन। त्यसको क्षतिपूर्ति पनि पाइँदैन,’ ढुंगानाले भने।

काठमाडौं उपत्यकाको फोहोरले गाउँमा समस्या निम्त्याएपछि ककनी नगरपालिकाले साउन १ गतेदेखि फोहोर बोकेका टिपरबाट शुल्क उठाउने निर्णय गरेको थियो। उठेको पैसाले फोहोरको व्यवस्थापन गर्ने योजना तय गरेको थियो।

ठूला गाडीबाट एक हजार पाँच सय र साना गाडीबाट एक हजार शुल्क उठाउने गरी ऐन नै पारित गरिएको थियो। तर सर्वोच्च अदालतले रोक लगाइदिएको थियो।

साउनमा सिसडोल र बञ्चरेडाँडाका नागरिक आन्दोलित भएका थिए। सिसडोलको फोहोर माटोले पुर्ने, बञ्चरेडाँडामा फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, दुर्गन्ध कम गर्न किटनाशक औषधी छर्कनलगायत समझदारी पनि आन्दोलन फोहोर फाल्न गरिएको अवरोध हटेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group